समावेशी प्यानल प्रचारात्मक गतिबिधिसहित घरदैलोमा

३१ श्रावण २०७३, सोमबार १३:४६
 

22 सदरलाइनडटकम
३१ साउन, नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिदै जा“दा नन्दलाल बैश्यले नेतृत्व गरेको समावेशी प्यानलले प्रचारात्मक गतिबिधीलाई तिब्रता दिएको जनाएको छ ।
समावेशी प्यानलले प्यानल घोषणा लगत्तै घरदैलो अभियानलाई तिब्रता दिएको हो । नेपालगन्ज क्षेत्रकासँगै बिभिन्न समुदायका मतदाताहरुस“ग प्रत्यक्ष भेटघाट गरेको बैश्य नेतृत्वको समावेशी प्यानलले सोमबार पनि घरदैलो कार्यक्रमलाई निरन्तता दिएको छ ।
सोमबार धम्बोझी चोकबाट सुरु भएको घरदैलो अभियान गणेशमानचोक, जमुनाह, पुरैना, पुरैनी हु“दै न्यूरोडमा आएर सकिएको सदस्य पदकी उम्मेदवार ताराकुमारी खत्री रोकायाले जानकारी
दिईन । रोकायाका अनुसार मतदाताहरु माझ प्रत्यक्ष भेटघाटमा उत्रिएको समावेशी प्यानललाई मतदाताहरुले हौसला प्रदान गर्नुका साथै आफै प्रचार प्रसारमा जुट्ने गरेका छन् ।
यसअघिको निर्वाचनमा समेत ४ मतले पराजित भएका अध्यक्ष पदका उम्मेदवार बैश्य नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका 2Nसबैभन्दा बलिया प्रतिष्पर्धि रहेका छन् । बैश्य लगाएत समावेशी प्यानलमा आवद्ध सम्पूर्ण सदस्यहरु बाँकेका उद्योगी, ब्यापारीहरुमाझ गहिरो सम्बन्ध स्थापित गर्न सफल छन् ।चुनावको संघारमा आप्mनो प्यानललाई बिजयी गराउने होडबाजी चलेस“गै पछिल्ला केही दिनयता नेपालगन्ज बजारमा निकै रौनकता छाएको छ । संसदिय चुनावलाई समेत मात दिने गरि नेपालगन्ज तताएको उद्योग वाणिज्य संघको निर्वाचनले सक्षम नेतृत्व चयन गर्नेमा यहाँका ब्यापारी, ब्यवसायीहरु विश्वस्त छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा कपिलप्रसाद अधिकारी प्यानलको भेटघाट

३१ श्रावण २०७३, सोमबार १३:४६
सदरलाइनडटकम ३१ साउन, नेपालगन्ज :  नेपालगन्ज उद्योग बाणिज्य संघको भदौ ११ गते हुने निर्बाचनमा प्रतिस्पर्धा गर्नका लागि चुनावी मैदानमा होमिएको कपिलप्रसाद अधिकारी नेतृत्वको ‘समावेशी, साझा समूह’ले खजुराका ब्यवसायी मतदाताहरुसंग भेटघाट गरेको छ । सोमबार खजुरामा ब्यवसायिक प्रतिष्ठानमा पुगेर सो प्यानलले आफ्ना पक्षमा मतदान गर्नको लागि स्थानीय व्यावसायीलाई भेटेको सचिवालयले जनाएको छ । […]