बैतडीमा बञ्चरो प्रहार गरी बुवाको हत्या

सदरलाइन संवाददाता १३ श्रावण २०७९, शुक्रबार १३:४९
 

बैतडी : बैतडीमा बञ्चरो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको शुक्रवार विहान हत्या भएको हो ।

जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ ।


बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको राप्तीनदी र डुडुवा खोलामा नयाँ पुल निर्माण हुने

१३ श्रावण २०७९, शुक्रबार १३:४९
नेपालगञ्ज : बाँकेको सदरमुकाम नेपालगञ्जलाई राप्तीसोनारी र नरैनापुर गाउँपालिकासँग जोड्ने एक मात्र माध्यम कम्दीस्थित राप्तीनदी र डुडुवा खोलामा निर्माण गरिएका पुलहरु निकै साँघुरा र जिर्ण बनेपछि ती दुबै पुल नयाँ र ठुला निर्माण गरिने भएका छन् । ती दुबै पुल साना र जीर्ण भएकोले राप्तीपारीका नागरिकलाई सदरमुकाम आउन जान निकै […]