दाङमा गोठ भित्र पुगेर बाघले खायो बाख्रा

सदरलाइन संवाददाता २४ मंसिर २०७८, शुक्रबार १३:२१
 

नेपालगञ्ज : दाङको बबई गाउँपालिका वडा नम्बर ५ मा गोठमै राखेका १४ वटा बाख्रा बिहीबार बाघले मारेको छ । त्यसैगरी, वडा नम्बर ७ को कृष्णपुरमा हुरुम सामुदायिक वनमा चराउन लगेको समयमा कुलबहादुर घर्तीको दुई वटा बाख्रा बाघले मारिदिएको छ ।

इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख केशवराज रेग्मीका अनुसार वडा नम्बर ५ बगरपुरका देवबहादुर वलीका १४ वटै बाख्रा बाघले रगत चुसेर फ्याकेको अवस्थामा फेला परेका हुन् । करिब दुई लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।


पाठा भने घरमै राखिएकाले सुरक्षित रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने सो क्षेत्रमा बाघले घर पालुवा जनावर मारेको बबई गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डम्बर श्रीषले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ४ संक्रमित थपिए, २ डिस्चार्ज

२४ मंसिर २०७८, शुक्रबार १३:२१
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्जमा २३ नमुना परीक्षण गर्दा ३ र मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि […]