डडेल्धुरामा एक बालिका पटक–पटक बलात्कृत

सदरलाइन संवाददाता १ फाल्गुन २०८०, मंगलवार १७:४१
 

डडेल्धुरा : आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका पटक पटक बलात्कृत हुनु परेको घटना बाहिरिएको छ । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घट्ना खुल्न आएको हो ।

उपचारका लागि अस्पताल पुगेकी बालिका आफन्त र गाउँकै एक युवाबाट बलात्कृत हुनुपरेको खुलेको प्रहरीले जनाएको छ । बालिका आइतबार उपचारका लागि आफन्तसहित प्रशुराम नगरपालिकाको जोगबुडा अस्पताल पुगेकी थिइन् । उपचारमा संलग्न चिकित्सकले बालिकामाथि बलात्कार भएको आशङ्का गरेपछि प्रहरीलाई खबर गर्दा घटना बाहिरिएको हो ।

प्रहरीले अनुसन्धान गर्दा बालिका पटक पटक बलात्कारको सिकार भएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले बताए । गत वर्ष भदौमा काका नातापर्नेबाट बलात्कृत भएकी बालिका फेरि गएको माघ ६ गते एक स्थानीय युवकबाट पनि बलात्कारमा परेको उनको बयानबाट खुल्न आएको हो ।


पीडित बालिकाले डर, धम्कीका कारण घटनाबारेमा कसैलाई पनि नभनेको प्रहरीको भनाइ छ । अहिले बालिकालाई आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ । पीडित पक्षको जाहेरीका आधारमा बलात्कार गरेको आरोपमा आलितालका २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरी वरिष्ठ नायब निरीक्षक करवीरसिंह ऐरले बताए ।

बालिका वृद्ध हजुरबुवा र हजुरआमासँग बस्दै आएकी छिन् । ती बालिकाका काका नाता पर्ने व्यक्ति भने अहिले भारतमा छन् । बलात्कारको घटना ढाकछोप गर्न उनी भारत गएको हुन सक्ने प्रहरीको आशङ्का छ । बालिकाका आमाबाबु कामका सिलसिलामा भारतमा रहेका बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत खरालको बिदाई

१ फाल्गुन २०८०, मंगलवार १७:४१
नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको सुरुवा भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरालको गत माघ १९ गते सरुवा गरे पछि मंगलबार गाँउपालिकाले एक कार्यक्रमको आयोजना गरी सम्मान सहित बिदाई गरिएको छ । गाउँपालिकाले औपचारिक कार्यक्रम गरेर समान सहित बिदाई गरेको निमित्त प्रमुख […]