खजुराले अनलाईनमार्फत सेवा प्रवाह गर्ने

१६ कार्तिक २०७५, शुक्रबार १७:५७
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाले ब्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण अनलाईनमार्फत गर्ने भएको छ । आठ वटै वडामा अनलाईन मार्फत घट्ना दर्ता बिलिङ गर्ने प्रक्रिया अघि बढाईएको हो ।
सबै वडामा अनलाईन सेवा सञ्चालनका लागि इण्टरनेट जडान, कर्मचारीलाई तालिमलगायतको प्रकृया अगाडी बढाईएको गाउँपालिकाले जनाएको छ । सोही बारेमा कर्मचारीका लागि शुक्रवारदेखि खजुरामा तालिम शुरु भएको छ ।
५ दिने तालिममा गाउँपालिका आइटी अफिसर सुरेश साहु, कार्यालय सहायक राजेन्द्र कुमार वर्मा र सन्तोषी बिष्टले सहभागी सचिव खरिदारलाई ब्यावहारिक तथा सैद्धान्तिक ज्ञान सिकाईरहेका छन् । हाल वडा नं .१ देखि ४ सम्म इण्टरनेट जडान भईसकेको छ ।
उद्घाटन सत्रमा बोल्दै गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले २१औं शताब्दीमा समय सुहाउँदो अनलाईनमार्फत कामकाज हुने बताए । उनले अनलाईन सेवाले सेवाग्राहीको काम अझ प्रभावकारी हुने बिश्वास ब्यक्त गरे ।
गाउँपालिका उपप्रमुख एकमाया बिकले अनलाईन सेवाले हिजोका दिनमा जस्तो नाम छुट्ने, दोहोरिने समस्या हट्नुका साथै काममा पारदर्शिता हुने बताईन । कार्यक्रममा खजुरा गाउँपालिका निमित्त प्रमुख अधिकृत दिलबहादुर पौडेलले अनलाईन सेवाले सुरक्षा र समयको बचत हुने जिकिर गरे ।
उनले सञ्चारको युगमा सरकारको नीतिअनुरुपनै गाउँपालिकाले अनलाईन अभिलेखिकरण सेवा सञ्चालन गर्न लागेको जानकारी दिए ।


Next Post

खजुरा गाउँपालिका अनलाईन सेवा संचालनको तयारीमा

१६ कार्तिक २०७५, शुक्रबार १७:५७
सदरलाइनडटकम, खजुरा (बाँके) : बदलिदो परिस्थिति अनुसार बाँकेको खजुरा गाउँपालिकाले ब्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अनलाईन मार्फत संचालन गर्ने तयारी गरेको छ । गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरा गााउँपालिका ८ वटै वडामा अनलाईन मार्फत घट्ना दर्ता बिलिङ्ग गर्न प्रकृया अगाडि बढाईएको जानकारी दिए । ‘सबै वडामा अनलाईन […]