मुस्लिम समाजले शनिबार सातसय विपन्न परिवारलाई खाद्यान्न बाड्ने

१४ चैत्र २०७६, शुक्रबार १७:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाईरसको संक्रमण फैलनेत्रासका कारण गरिएको लकडाउनले मजदुर र असायहरुको दैनिक जिविकोपार्जनमा समस्या पुगेको भन्दै नेपालगञ्जका मजदुर र असायहरुलाई राहात बितरण गरिने भएको छ ।

मुस्लिम समाजले शनिबार नेपालगञ्जमा राहात स्वरुप खाद्यान्न सामाग्री वितरण गर्ने जनाएको छ । नेपालगञ्ज उपमहानगर पालिका भित्र बस्ने मजदुर र असायहरुको लगत संकन गरेर शनिबार घर–घरमै पुगेर निःशुल्क खाद्यान्न सामाग्री वितरण गरिने मुस्लीम अगुवा मेराज अहमद हलुवाई हिमालयले जानकारी दिए ।


देशभरी गरिएको लकडाउनले ज्याला मजदुरी गरि जिविकोपार्जन चलाउनेहरुको साँझ विहानको छाक टार्न मुस्कील भैरहेको गुनासो आएपछि समाजले करिव सात सय परिवारलाई खाद्यान्न बाड्ने योजना बनाएको जानकारी दिएको छ ।

Next Post

पूर्वमन्त्री राईले पार्टी निकट नेता कार्यकर्तालाई मानविय सहयोगमा जुट्न निर्देशन (विज्ञप्ती सहित )

१४ चैत्र २०७६, शुक्रबार १७:०१
सदरलाइनडटकम, नेपालगञ्ज  : बाँके क्षेत्र नं. २ का संघिय सभा सदस्य तथा पूर्व मन्त्री एवम समाजबादी पार्टीका केन्द्रीय सचिव मो ईस्तियाक राईले कोबिड–१९ नोबल कोरोना भईरसको संक्रमणबाट जोगिनको लागि आग्रह गर्दै मानविय सहयोगमा जुट्न अपिल गरेका छन् । उनले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै विश्वभर फैलिएको नोबल कोरोनाको संक्रमण फैलिन […]