नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन

२६ पुष २०७६, शनिबार १०:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  पश्चिम नेपालको प्राचिन शहर नेपालगञ्जका उद्योगी व्यावसायीहरु चुनावी मैदानमा होमिएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि दुई समुह छुट्टाछुट्टै प्यानल बनाएर आज शनिबार मनोनयन दर्ता गर्ने कतर्यक्रम तय भएको छ ।
निबार्चन अधिकृत अधिवक्ता टिकाजंग सिंहले दिएको जानकारी अनुसार बिहान ११ बजे े अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा रहेको समावेशी प्यानललमा उम्मेदवारी दर्ता गर्ने छ । यसैगरी ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक समुहले १ बजेपछि उम्मेदवारी दर्ता गर्ने गरी समय लिएको छ ।
समावेशी प्यानलका चुन्ना बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष समेत हुन । सो प्यानलको उपाध्यक्ष वाणिज्य तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उद्योग तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् । सो समुहबाट सदस्यहरुमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् । त्यस्तै सोही समुहबाट बस्तुग तर्फ होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल, र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धुले उम्मेदवारी दर्ता गराउने भएका छन् ।
यसैगरी साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य तर्फको उपाध्यक्षमा अमित बस्नेतलाई अघि सारेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको सदस्य पदका उम्मेदवारहरुमा अजयकुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खनबहादुर धामी, सन्तोषकुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्रराज श्रेष्ठ, सुरेन्द्र सिंह सरदार रहेका छन् ।
निर्बाचन अधिकृत अधिवक्ता सिंहले प्यानल बाहेकबाट पनि उम्मेदवारी दर्ता गर्न सक्ने भएको कारण आफुहरु बिहान १० बजेदेखि नै तयारी अवस्थामा रहेको जानकारी दिए ।
नेपालको पुरानो शहरको रुपमा परिचित नेपालगञ्जको व्यावसायिक हीत र नागरिक अगुवा संगठनको रुपमा हेरिएको नेपालगञ्ज उद्योग बाणिज्य संघले प्रदेश ५ को मात्र नभएर कर्णाली र सुदूरपश्चिम प्रदेशको समेत विकासको आधार बनाउने भएकोले पनि यो निर्वाचनलाई विषेश रुपले हेर्ने गरिएको छ ।
उनीहरु यतिबेला संघका ३ हजार बढी मतदाता व्यावसायीको घरदैलोमा पुगेर आ–आफ्नो पक्षलाई सहयोग गर्न अपिल गर्दै मत माग्न ब्यस्त रहेका छन् । माघ ११ गते मतदान हुने कार्यक्रम रहेको छ ।

Next Post

कोहलपुर काँग्रेस सभापति शर्मामाथि बैठक कक्ष मै दुव्र्यबहार

२६ पुष २०७६, शनिबार १०:४१
सदरलाइनडटकम, कोहलपुर (बाँके)  : नेपाली काँग्रेस कोहलपुर सभापति बलराम शर्मामाथि पार्टी कार्यालय मै हातपात हुनुको साथै दुव्र्यबहार भएको छ । नेपाली काँग्रेस कोहलपुर नगर सचिव भुमबहादुर भण्डारीद्वारा जारी विज्ञप्तीमा पार्टीको नियमिति बैठक बसिरहेको बेलामा दिग्विजय जंङ्ग राणा, हर्षिङ कठायत, जनक विक लगायतका समुहले बैठक स्थलमा प्रवेश गरी हुलहुज्जत गर्नुको साथै […]