लगातारको वर्षातले जलमग्न नेपालगन्ज

७ श्रावण २०७३, शुक्रबार १४:१७
 

IMG_7480 copy सदरलाइनडटकम,
७ साउन, नेपालगन्ज : लगातारको वर्षातको कारण बाँकेका विभिन्न स्थान जलमग्न भएका छन् । तीन दिनदेखिको बर्षाको कारण नेपालगन्जको सेतुविक चोक, गणेशपुर, बसपार्क, बेलासपुर, घरबारीटोल, मुक्तिपुर, धम्बोझी वाटरपार्कलगायतको ठाँउमा जलमग्न भएको छ ।
नेपालगन्जको सेतुविकचोक र न्यूरोडमा सडकमै दुईफुट पानी भरिएको छ । सडकको पानी बढ्दै पसलमा पस्न थालेको छ । यसैगरी बसपार्क तथा गणेशपुरमा पानीको सतह बढ्दै गएर घरघरमा पसेको छ ।
घरबारीटोलका ५० बढी घरमा पानी पसेको छ । यसैगरी बेलासपुरमा २०, मुक्तिपुरका ३०, गणेशपुर ३०, सल्यानी बंगलामा आसपासमा ३० न्यूरोडका ३० बढी घरहरुमा पानी पसेको जानकारी आएको छ ।
घरमा पानी पसेको र पानीको बहावमा अवरोध आएको जानकारी आउने वित्तिकै अवरोध हटाउनको लागि जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी पठाएर अवरोध हटाउनको लागि पहल गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
लगातारको पानीको कारण नेपालगन्जका अधिकांश विद्यालय तथा उच्च माध्यामिक विद्यालयहरु सञ्चालनमा आएका छैनन । विद्यालयको हाताभित्रै पानी भरिएपछि कक्षा अवरुद्ध भएको पाईएको हो ।
सो वर्षातको कारण राप्ति नदिमा पानीको सतह बढेपछी नदि आसपासका बासीन्दाहरुलाइ सजग हुनका लागि आग्रह गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको नेतृत्वमा राप्ति नदीको अबलोकन गर्न गएको टोलीले राप्ति नदिमा पानीको बहाब बढन सक्ने निष्कर्ष निकाल्दै नदि आसपासका बासीन्दाहरुलाई सुरक्षित स्थानमा बस्न तथा बाढिबाट सजक हुनका लागि अनुरोध गरेको हो । राप्तीसैगै रहेको डुडुवा नदीले पनि होलियाको खडैचामा कटान गर्दै गाउतिर सोझिन थालेको छ ।
डुडुवामा पानी बढ्दै गएर कटान भए होलियाका दर्जन बढी गाउ जोखिममा पर्ने भएकोले कटानलाई रोक्नको लागि जाली र बोरामा माटो हालेर अस्थाई बाँध बाँधेर बचाउको पहल गर्न सुरु गरीएको प्रजिअ पन्थले जानकारी दिए ।
राप्ति नदिको कटानका कारण बाँकेको होलीया गाँउ डुवानको जोखीममा परेको छ । प्रमुख जिल्ला अधिकारी पन्थले डुवानको जोखिमबाट बचाउनका लागि जिल्ला दैबिप्रकोप उद्धार समितिलाइ तैयारी अबस्थामा राखीएको जानकारी दिए । उनले तत्काल उद्धारका लागि प्रहरी सेना र सशस्त्र प्रहरीको टोली तैयारी अबस्थामा राखिएको जानकारी दिए ।
शुक्रबार साँझ ६ बजेसम्म राप्ति नदिमा हाल पानीको सतह ४ दशमलब १६ सेन्टिमिटर पुगेको छ । नदीको मुहान रहेको स्थान प्यूठानमा पनि वर्षात भईरहेकोले नदीमा बाढीको खतरा कायमै देखिएको छ ।
बाँकेको कुसुममा रहेको बाढीमापन केन्द्रको मिटरमा पानीको सतह ५ मिटरसम्म पुगेमा खतराको संकेत मानिन्छ । ५ मिटरसम्म बाढि आएमा बाँकेको होलीया फत्तेपुर गंगापुर, मटेहीयालगाएतका गाबिसहरु डुवानको जोखीममा पर्ने गर्दछन । नेपालगन्ज विमानस्थलमा रहेको मौसम मापन केन्द्रले बिहीबार विहान ९ देखि शुक्रबार विहान ९ बजेसम्म ५१दशमलभ २ मिलि लिटर पानी परेको जनाएको छ ।
IMG_7458 copy IMG_7461 copy IMG_7467 copy IMG_7477 copy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गजल !

७ श्रावण २०७३, शुक्रबार १४:१७
यहि धर्तीमा मोति रोपी फलाउन मन छ मेरै देशको चिल्गाडी उडाउन मन छ || जनताको पसिना चुसी मह पार्ने नेताहरु झुम्रो बलि तिम्रा गोला जलाउन मन छ || जरैदेखि काटी मेरो अस्तित्व अन्त्य गरे पनि फेरी तिम्रै दिलमा पलाउन मन छ || आजैबाट दजुसंग स्कूल जाऊ छोरी दाइजो बिना तिम्लाई […]

सम्बन्धित