सदरलाइनडटकम,
नेपालगञ्ज : जनमत अर्ध साप्ताहिकले हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय समिति र नेपालगञ्ज शाखासँगको सहकार्यमा शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जना महिलासहित ६७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारीलगायतले रक्तदान गरेका हुन् ।
नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा, हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय अध्यक्ष गौतम भण्डारी, द आर्ट अफ लिभिङका प्रमुख प्रशिक्षक काव्या लम्सालले स्वयंसेवी रक्तदाता डिला शाह, पत्रकार काशीराम शर्मा, नियमित रक्तदाता नीरजमान श्रेष्ठ र अधिकारकर्मी राम सुहावन सोनकरलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । साथै टिसर्ट र प्रशंसा पत्र पनि प्रदान गरिएको थियो ।
जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’ को ४१ औं श्रृङ्खलामा हिमालयन बैंक लिमिटेडको २६ औं वार्षिकोत्सवको अवसरमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको जनमत सम्पादक पूर्णलाल चुकेले जानकारी दिए । कार्यक्रम संयोजक पत्रकार पवन जायसवालका अनुसार रक्तदान दिनेहरुमा हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय अध्यक्ष गौतम भण्डारी, कोषाध्यक्ष दीपक गौतम, नेपालगञ्ज शाखाका प्रवन्धक शैलेन्द्रमान श्रेष्ठ, सरोज रेग्मी, हरित अभियानका अभियन्ता हेमन्त काफ्ले, माया गिरी, स्वेता बज्राचार्य, अजिता श्रेष्ठ सिंह, दीपज्योति शाही, विक्रम भुषाल, दिक्षा खनाल भुषाल, अनामिका काफ्ने भुसाल, भरत भुषाल, शैयदा शकिना शाह, राजीव पन्त रहेका छन् ।
भुषाल परिवारबाट चार जनाले एक साथ रक्तदान गरेका थिए । त्यसैगरि रेडियो कृष्णसारका प्रमोद डि.जी., योगराज चौधरी (योगेश), मेघराज जि.एम., कलाकारद्वय प्रशान्त केसी, नवराज सुवेदी, लक्ष्मण कुमार वैश्य, पवन कुमार वैश्य, भगवान शरण यादव, असफाक संघर्ष, सुनिल रत्गैया, सञ्जय बढई, अफरोज जसगढ, होमराज गिरी, योगेश चौधरी, गोपी प्रसाद मौर्य, शेर बहादुर बोहोरा लगायतले रक्तदान गरेका थिए ।
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य तथा क्षेत्रीय संयोजक झलक गैरे, निवर्तमान शाखा अध्यक्ष रुद्र सुवेदी, हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष दीपक गौतम लगायतले रक्तदाताहरुलाई प्रशंसा पत्र तथा टिसर्ट प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रमको संयोजन गर्ने उक्त बैंकका अधिकृत सरोज रेग्मीले दिनु भएको जानकारी अनुसार सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्पमा ७ जना प्राविधिक टोलीलले सहयोग गरेका थिए ।
२०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा हालसम्म करीब २ हजार ५ सय भन्दा बढी संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् । कतिपय हाम्रा नियमित रक्तदाताहरु विविध कारणवस उपस्थित हुन नसकेको र रक्तदान गर्ने उच्च अभिलाषा बोकेर आउने कतिपय रक्तदाता उक्त रक्तचाप, न्यून रक्तचाप र औषधि सेवनका कारण रक्तदान गर्न नपाई निरास भई फर्कनु परेको कार्यक्रम संयोजक जायसवालले बताए ।