खजुरामा मंगलवार सार्वजनिक बिदा

सदरलाइन संवाददाता १ फाल्गुन २०८०, मंगलवार १४:००
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाले मंगलवार जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिएको छ ।

तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि सुरु गरेको जनयुद्धको स्मरण गर्दै खजुराले मंगलवार सार्वजनिक बिदा दिएको हो ।


स्वास्थ्य सेवाबाहेक गाउँपालिका, वडा कार्यालय, सरकारी संघ संस्था र विद्यालयहरु बन्द हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको ट्राफिक व्यवस्थापनका लागि त्रिपक्षीय सहकार्य

१ फाल्गुन २०८०, मंगलवार १४:००
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाभित्र ट्राफिक व्यवस्थापनका लागि स्थानीय तह, प्रहरी र उद्योग वाणिज्य सङ्घ मिलेर सामूहिक पहल अघि बढाएका छन् । नेपालगञ्ज सहरलाई सुन्दर र व्यवस्थित बनाउँदै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियान अन्तर्गत सम्पूर्ण नगरवासीको साथ र सहयोग लिइएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए । यो अभियानमा नेपाल प्रहरी, […]

सम्बन्धित