नेपालगञ्जको ट्राफिक व्यवस्थापनका लागि त्रिपक्षीय सहकार्य

सदरलाइन संवाददाता १ फाल्गुन २०८०, मंगलवार १४:१५
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाभित्र ट्राफिक व्यवस्थापनका लागि स्थानीय तह, प्रहरी र उद्योग वाणिज्य सङ्घ मिलेर सामूहिक पहल अघि बढाएका छन् ।

नेपालगञ्ज सहरलाई सुन्दर र व्यवस्थित बनाउँदै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियान अन्तर्गत सम्पूर्ण नगरवासीको साथ र सहयोग लिइएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

यो अभियानमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र नेपालगञ्ज नगर प्रहरी परिचालन गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले समेत सहकार्य गरेको छ ।


ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रवीण आचार्यले ट्राफिक व्यवस्थापनका लागि विभिन्न निर्णय गरी कार्यान्वयन गरिएको जानकारी दिए । ट्राफिक व्यवस्थापनका लागि ई–रिक्सा व्यवस्थापनको काम जारी छ ।

नियम विपरीत सञ्चालन हुने ई–रिक्सा दिनहुँ नियन्त्रणमा लिने क्रम चलिरहेको ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी नायब निरीक्षक प्रवीण आचार्यले बताए । इन्चार्ज आचार्यले भने, “धम्बोझीलगायतका मुख्य चोकमा हुँदै आएको ई–रिक्साको भिडभाड हटाइएको छ, एकतर्फी पार्किङ पूर्ण कार्यान्वयनका लागि लागिपरेका छौं ।“

नेपालगञ्जमा ट्राफिक बत्तीसमेत सञ्चालन हुन लागेकाले ट्राफिक प्रहरीले पैदलयात्री र चालकका के गर्ने के नगर्ने विषयमा चेतनामूलक कार्यक्रम गरिरहेको छ । ट्राफिक बत्ती र जेब्राक्रसिङका सम्बन्धमा सामुदायिक प्रहरीसँग सहकार्य गरिएको छ । कागजपत्र नभएका अटो नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि दायँतर्फका यात्रु बसाउन र झार्न रोक्नका लागि फलामको बारसमेत अनिवार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जले ग्रीन सिफ्ट परियोजना सञ्चालन गर्ने

१ फाल्गुन २०८०, मंगलवार १४:१५
नेपालगञ्ज : दिगो विकासतर्फको महत्वपूर्ण कदममा नेपालगञ्ज उपमहानगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ । चक्रिय अर्थतन्त्र प्रवर्द्धन गर्नका लागि युरोपेली संघको सहयोगमा कार्यन्वयन हुन लागेको चारवर्षीय परियोजना हो । त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले फोहोरमैला व्यवस्थापनका लागि तथ्यांक संकलन, अनुसन्धान र नीति निर्माणमा सहयोग गर्न सम्झौता […]