सांसद ढकालसँग बजेट माग गर्दै राप्तीसोनारीवासी

सदरलाइन संवाददाता ६ श्रावण २०८०, शनिबार १७:५४
 

राप्तीसोनारी (बाँके) : बाँके क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य सुर्य ढकाललाई राप्तीसोनारी गाउँपालिकाका स्थानीयले बजेट माग गरेका छन् ।

राप्तीसोनारी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा टिनका छाना मुक्त मुक्त बनाउन आवश्यक बजेट माग गरेका हुन् । राप्ती सोनारी गाउँपालिका कूल सामुदायिक विद्यालयहरु कूल ५४ वटा रहेका छन् । जसमध्य २० वटा माध्यमिक तह र ३४ वटा आधारभूत तह विद्यालयहरु रहेका छन् ।

त्यसै गरी ढकेरी प्रहरी चौकिको पक्की भवन निमार्णका लागि समेत आवश्यक बजेट माग गरिएको छ भने राप्ती सोनारी गाउँपालिका क्षेत्र भित्र राष्ट्रिय बाणिज्य बैकको शाखा ल्याउन समेत पहल गर्न माग गरिएको छ ।


बाँके क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य सुर्य ढकालललाई उक्त माग राप्ती सोनारी गाउँपालिका खुमा डाँगी, माधव पौडेल, मनोज केसी, मदन वली, सोहनलाल थारु, श्रीधर उपाध्यायले बजेट माग गरेका हुन् । ज्ञापनपत्र बुझ्दै प्रतिनिधि सभा सदस्य सुर्य ढकालले समग्र बाँके क्षेत्र नं.१ को विकासका निम्ति संसद कोष बाट प्राप्त रकम आवश्यक पर्ने स्थानहरुमा खर्च गर्ने बताए ।

उनले स्थानीय तहहरु समेत आवश्यक योजना सहित माग बजेट माग गरिए उक्त रकम विकास निमार्णमा खर्च गरिने बताएका छन् ।

ढकालले भने अदालतमा रिट परेको छ’ सांसद विकास कोष विरुद्ध ‘ तर जनताको प्रतिनिधि हुनाको हैसिएतले विकास निमार्ण गर्न पनि सांसदहरुको अधिकार तथा जम्मेवारी समेत भएको हुनाले जनताको पक्षमा उक्त रिट बारे अदालतले विचार गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुष्पलाल स्मृति दिवसमा एमाले जानकीले गर्यो वृक्षारोपण

६ श्रावण २०८०, शनिबार १७:५४
नेपालगञ्ज : ४५औं पुष्पलाल स्मृति दिवसका अवसरमा आइतवार बाँकेको जानकी गाउँपालिकामा बृक्षारोपण गरिएको छ । नेकपा एमाले जानकी गाउँपालिका कमिटीको आयोजनामा जानकी– १ स्थित समैमाता मन्दिर परिसर साईगाउँ शिवपुरीमा आइतवार बिहान वृक्षारोपण गरिएको हो । नेकपा एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्रको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा बोल्दै नेता मिश्रले […]

सम्बन्धित