नरैनापुरका आगलागी पिडितलाई डा.रोमनको सहयोग

सदरलाइन संवाददाता २२ चैत्र २०७७, आईतवार ११:२९
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक एबम सर्जन डा.रोमन किदवाईले आगलागी पिडितहरुलाई राहत सहयोग गरेका छन् ।

डा. किदवाईले शनिबार नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदहाका आगलागी पिडितहरुलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।


डा. किदवाईले नरैनापुर आगलागी पिडितहरुलाई १ लाख रुपैयाँ बराबरको ६० कार्टुन बिस्कुट सहयोग गरेका छन् । आपतकालीन समयमा गाँस नभएको बेला डा. किदवाईले गरेको सहयोगलाई सबैले सर्हाना गरेका छन् ।

डा. किदवाईको सहयोग प्रति बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले धन्यवाद व्यक्त गरेका छन् । शनिबार आगलागीबाट १२० घर जलेर नस्ट भएका छन् भने ३ जना घाइते भएका छन् । आगलागीबाट करोडौंको क्षति भएको छ । नरैनापुरमा यसै बर्ष यसभन्दा पहिले २ पटक आगलागी भइसकेको छ ।

Next Post

भारतमा एकैदिन ९२ हजारमा कोरोना पुष्टि

२२ चैत्र २०७७, आईतवार ११:२९
काठमाण्डौ : भारतमा पछिल्लो २४ घण्टामा करिब ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका हुन् । भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ […]

सम्बन्धित