नेपालगञ्ज, जानकी र कोहलपुरका बिद्यालय बन्द

सदरलाइन संवाददाता २१ जेष्ठ २०८०, आईतवार १४:०९
 

नेपालगञ्ज : अत्यधिक गर्मी बढेपछि आइतवारदेखि नेपालगञ्जका बिद्यालय बन्द भएका छन् । दिउँसोको तापक्रम ४० डिग्री माथि पुगेपछि विशेषतः बालबालिकाहरु बढी प्रभावित भएका छन् ।

बिद्यालयमै बालबालिकाहरु बिरामी पर्न थालेका छन् । वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने जस्तो समस्या देखिन थालेको शिक्षकहरु बताउँछन् । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले अत्यधिक गर्मीका कारण बालबालिकाहरुमा स्वास्थ्य समस्या देखिन थालेपछि आजदेखि तीन दिनको लागि बिद्यालय बन्द गरिएको जानकारी दिए ।

उनले मौसमको अबस्था हेरेर बिदा लम्बिन सक्ने संकेत गरेका छन् । यस्तै जानकी गाउँपालिकाले पनि आइतवारदेखि बिदा गरेको छ । गर्मी बढ्ने क्रम नरोकिएकाले २६ गतेसम्म बिदा दिइएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए ।


यस्तै कोहलपुर नगरपालिकाले सोमवारदेखि २४ गतेसम्मका लागि विद्यालयमा विदा दिएको छ । अन्य पालिकाहरुले पनि बिदा दिने तयारी गरेका छन् ।

बालबालिकाहरुको स्वास्थ्यलाई ध्यान दिएर केहिदिन बिद्यालाय बन्द गरिनु पर्ने अभिभावकहरुले माग गरेका छन् । मौसमविदहरुले गर्मी अझै बढ्ने भन्दै सावधानी अपनाउन अपील गरेका छन् । गर्मीसंगै तातो हावा र लु चल्ने क्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न उनीहरुको अपील छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लामो समयपछि वन पैदावार संकलन गर्न पाउँदा उपभोक्ता खुशी

२१ जेष्ठ २०८०, आईतवार १४:०९
जानकी (बाँके) : बाँकेको सामुदायिक वनले वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार सङ्कलन गरेका छन् । सव डिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेको ती वनबाट लामो समयपछि वन पैदावार सङ्कलन गर्न पाउँदा उपभोक्ता खुशी भएका छन् । शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीको मातहतमा रहेको राप्तिसोनारी–८ […]

सम्बन्धित