Sadarline
२०८३ असोज २८ , बुधबार

घुससहित नेपालगञ्जबाट सहायक वन अधिकृत पक्राउ



नेपालगञ्ज : बाँकेमा सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन् । सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएर गएको टोलीले सहायक वन अधिकृत पार्देलाई विहिबार साँझ नेपालगञ्ज–११ बाट पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरी घिमिरेद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

पार्देलाई सेवाग्राहीबाट ७ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको ४५ हजार ९ सय ७५ समेत गरी जम्मा ५२ हजार ९ सय ७५ रुपैयाँसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेलेले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रबार
ताजा समाचार