माघे सङ्क्रान्तिका अवसरमा भागदौड हुँदा आठ जना घाइते

सदरलाइन संवाददाता १ माघ २०८०, सोमबार १७:५४
 

नेपालगञ्ज डेस्क : माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबिच भागदौड हुँदा आठ जना घाइते भएका छन् । टुँडिखेलमा माघे सङ्क्रान्तिको अवसरमा थारु र मगर समुदायले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबिच भागदौड हुँदा उनीहरू घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।


उपरीक्षक ढुङ्गेलले भने, “आज टुँडिखेलमा ठुलो सङ्ख्यामा थारु र मगर समुदायका व्यक्ति माघी मनाउन जम्मा भएका थिए । भीडमा भागदौड हुँदा आठ जना घाइते भएका छन् ।” घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्सव स्थलमा प्रवेश गर्ने र बाहिरिनेबिच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘बर्तमान सरकारलाई जनताले असक्षम घोषणा गर्न मात्र बाँकी’

१ माघ २०८०, सोमबार १७:५४
नेपालगञ्ज : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकार असफल भइसकेकाले नेपाली जनताले असक्षम घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले सोमवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘हरेक दृष्टिकोणबाट यो सरकार असफल र असक्षम प्रमाणित भइसकेको छ, […]