नेपालगञ्जबाट अवैध सामान बरामद गरी भन्सारमा बुझाइयो

सदरलाइन संवाददाता १ फाल्गुन २०७९, सोमबार १३:२४
 

नेपालगञ्ज : नेपालगञ्जमा ठुलो मात्रामा अवैध सामान बरामद गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ पुष्पलाल चोक स्थित होटल ग्रिन प्यालेसको कोठा नं. २०२ बाट ठूलो परिमाणको भन्सार छलिको अवैध सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।

जुम्लाको हिमा गाउँपालिका वडा नं. ४ बस्ने मान बहादुर बुढाले भाडामा लिई बसेको कोठामा भारत बाट अबैध रुपमा भन्सार छलि गरी ठूलो परिमाणमा लत्ताकपडा भित्र्याइएको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएका प्रहरी निरीक्षक नवचन्द्र मल्ल र वडा प्रहरी कार्यालय नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त सामानहरु फेला पारेको हो । प्रहरीका अनुसार बरामद सामानमा कुर्ता सुरुवाल ६४ थान, सेतो कश्मिना सल थान १० थान, ठुलो उनी बुट्टेदार सल ३० थान रहेका छन् ।


यसैगरी सानो उनी बुट्टेदार सल २७ थान, सेतो काँचो कपडा बण्डल ५ थान, उलन कोट पाईन्टको काँचो कपडा बण्डल ७ थान, उलन काँचो कपडा बण्डल १५ थान, लामो उलनको काँचो कपडा बण्डल १ थान बरामद भएको छ ।

यस्तै उलन सर्टको काँचो कपडा सानो रोल १ थान, कटन पाईन्टको काँचो कपडा रोल १ थान, सेतो खैरो कोट पाईन्टको काँचो कपडा बण्डल १ थान, निलो कोट १ थान, रातो लेडिज स्विटर १ थान, सानो लेडिज हेण्ड ब्याग १ थान, ठुलो प्याक भएको बटन २ डिब्बा बरामद भएको प्रहरीले जनाएको छ ।

सानो प्याक भएको बटन १० डिब्बा र खुल्ला भएको बटन १ पोका बरामद भएको प्रहरीले जनाएको छ । उक्त सामानको बजार मूल्य ४ लाख ६७ हजार ८ सय रुपैयाँ अनुमान गरिएको छ । बरामद गरिएको सामान नेपालगञ्ज भन्सार कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नगरसभाको अधिवेशनबाट चार विधेयक पारित

१ फाल्गुन २०७९, सोमबार १३:२४
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको सभाध्यक्षतामा बसेको नगरसभाले स्वास्थ्य सेवा विधेयक २०७९, सार्वजनिक निजी साझेदारी विधेयक २०७९, खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि विधेयक २०७९ र विनियोजन विधेयक २०७९ को प्रथम संशोधन विधेयक २०७९ पारित गरेको […]

सम्बन्धित