अन्धाधुन्ध गोली प्रहारबाट अमेरिकामा एक नेपालीसहित तीन जनाको मृत्यु

६ आश्विन २०७५, शनिबार १६:४५
 

सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकाको मेरिल्याण्ड राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपाली महिलाको मृत्यु भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कम्पनीमा बिहीवार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले पत्रकार सम्मेलन मार्फत बताएका छन् ।
हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको बताए । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौ नेपालीमध्ये वृन्दाको गोली लागेर मृत्यु भएको थियो भने अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएका छन् । गोलीकाण्डमा सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको थियो ।
श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दाले तीन महीना अघिदेखि त्यहाँ काम गर्न थालेको पारिवारिक स्रोतले बताएको छ । अमेरिकामा हुने ‘मास सुटिङ’ त्रासदी पूर्ण हुने र यसमा नेपाली पनि पर्नु दुःखद् भएको प्रतिक्रिया दिँदै अमेरिकाको मूलधारको राजनीतिमा लागेका एचवी भण्डारीले शुक्रवार कानूनी प्रक्रिया पूरा गरेर आइतवार सद्गत गर्ने तयारी भएको जानकारी दिए ।
(एजेन्सीको सहयोगमा)

Next Post

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

६ आश्विन २०७५, शनिबार १६:४५
सदरलाइनडटकम, दाङ : छोरी बलात्कार गरेको आरोपमा बाबुलाई दाङ प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहामनगरपालिका ५ की १३ बर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले शनिवार पक्राउ गरेको हो । उपचारका क्रममा नेपालगञ्ज लगिएकी ति बालिकाको स्वास्थ्य रिपोर्टबाट आफ्नै बुवाले बलात्कार गरेको खुलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी […]