बझाङमा एकै परिवारका ३ जना मृत फेला

सदरलाइन संवाददाता २५ श्रावण २०७९, बुधबार १४:०४
 

नेपालगञ्ज : बझाङमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका वडा नं.९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन् ।

उनीहरु झुन्डिएको अवस्थामा भेटिएको त्यहाँका वडाध्यक्ष हरिश सिंहले जानकारी दिए । उनका अनुसार २२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका हुन् । मृतक बालिकाको भने नाम खुलेको छैन ।


मंगलवार राती उनका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएको वडाध्यक्ष सिंहले बताए ।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधवार बाँकेमा ११ जनामा कोरोना पुष्टि

२५ श्रावण २०७९, बुधबार १४:०४
नेपालगञ्ज : बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा १९ जनाको नमुना जाँच गर्दा १० जना र राप्तीसोनारीमा एकजना गरी थप ११ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये २ जना जिल्ला बाहिरका […]