डुडुवाको तेस्रो गाउँसभा सम्पन्न, २४ करोड बढी बजेट पारित, वडा अध्यक्षद्वारा गाउँसभा बहिष्कार

२५ असार २०७५, सोमबार १९:३४
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाको तेस्रो साधारण सभाले आर्थिक वर्ष ०७५/०७६ को रु २४ करोड ५ लाख ७८ हजारको बजेट पारित गरेको छ । गाउँपालिकाको सोमबार बसेको तेस्रो गाउँसभाले चालु, सशर्त, वित्तिय सामाणिकरण र प्रदेश सरकारबाट प्राप्त कुल बजेट पारित गरेको हो ।
अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रस्तुत गरेको विषयगत शिर्षकको बजेटमाथी छलफल गरि सर्वसम्मत रुपमा बजेट पारित गरिएको थियो । संघिय सरकार अनुदानबाट २१ करोड ५७ लाख, प्रदेश सरकार अनुदानतर्फ १ करोड ८६ लाख ७८ हजार, आन्तरिक आयतर्फ ६२ लाख गरि कुल २४ करोड ५ लाख ७८ हजारको बजेट रहेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद रेग्मीले जानकारी दिए ।
गाउँपालिकाले असार १० गते ल्याएको नीति तथा कार्यक्रममाथी छलफल गरेको आधारमा बजेट विनियोजन गरि गाउँ सभाको बैठकबाट पारित गरेको छ । गाउँपालिकाको नयाँ आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि पशु स्वास्थ्यका अभियानलाई प्रभावकारी बनाई दिगो बनाउने र विकास निमार्णको कार्यलाई नमुना बनाउने मुख्य प्राथमिकता रहेको छ ।
सो सभाले ४ वटा विधेयक ऐन पारित गरेको छ । आर्थिक ऐन २०७५, विनियोजन ऐन २०७५, न्यायिक समिति कार्यविधी ऐन २०७५ र शिक्षा ऐन २०७४ (पहिलो संशोधन २०७५) पारित गरेको छ ।
विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गरेको ऐन माथी छलफल गरि सर्वसम्मत रुपमा पारित गरिएको छ । बैठकमा वडा नं. ३ र ६ का वडाध्यक्षसहित केही सदस्य बैठकमा अनुपस्थित भएपनि गणपुरक संख्या पुगेर गाउँ सभा सम्पन्न भएको थियो ।
यसैविच गाउँपालिकाले सोमबार जिल्ला समन्वय समिति बाँकेका सम्पुर्ण पदाधिकारीहरुलाई सम्मान समेत गरेको थियो ।
संघिय पुर्नसंरचना अन्र्तगत जिल्लाका सम्पुर्ण स्थानीय तहसंग समन्वयकारी भुमिका निर्वाह गरेकोमा उच्च मुल्याकन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले मायाको चिनोसहित सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा समितिका संयोजक अजयकुमार श्रीवास्तव, उपसंयोजक ज्ञानेन्द्र चौधरी, जिल्ला समन्वय अधिकारी हरि प्याकुरेललगायतले बोलेका थिए ।


 वडा अध्यक्षद्वारा गाउँसभा बहिष्कार

 बाँकेको डुडुवा गाउँपालिकाको गाउँसभालाई वडा अध्यक्ष र सदस्यहरुले बहिष्कार गरेका छन् । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले मनोमानी ढङ्गले योजना बनाउन खोजेपछि केही वडाका अध्यक्ष र सदस्यले गाउँसभा बहिष्कार गरेको दाबी गरेका छन्।
अध्यक्ष चौधरीले वडा कार्यालयलाई बजेट विनियोजन गर्न आनाकानी गरेपछि वडा अध्यक्ष र सदस्यहरुले वडाको विकासका लागि विनियोजित बजेट वडा कार्यालयमार्फत संचालन गर्न पाउनुपर्ने माग गर्दै गाउँसभा बहिष्कार गरेको वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रले जानकारी दिए ।
वडा अध्यक्षले बहिष्कार गरेपछि आजको गाउँसभा प्रभावित भएको छ । वडाको विकासका लागि विनियोजित रकम वडा कार्यालयबाट संचालन गर्ने निर्णय नहुँदासम्म गाउँसभामा सहभागी नहुने वडा नं. ३ का अध्यक्ष भण्डारीलाल यादवले बताए । वडा नं. ४ अध्यक्ष सगिर खाँ र तीन वटै वडाका वडा सदस्य समेतले गाउँसभा बहिष्कार गरेका छन् ।

Next Post

बच्चा जन्मिदै सिकलसेल/थाल्सेमियाको जाँच गराउन चिकित्सकको सुझाव

२५ असार २०७५, सोमबार १९:३४
सदरलाइन / रुद्र सुवेदी नेपालगन्ज : थारु समुदायमा मात्र जनस्वास्थ्य समस्याको रुपमा देखा परेको सिकलसेल एनिमियाँ रोकथामको लागि बच्चा जन्मिनासाथ सिकलसेल जाँच गराउनु पर्ने चिकित्सकले सुझाव दिएका छन् । भेरी अञ्चल अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले सिकलसेलको निराकरणका लागि समुदायमा सचेतनासंगै रोकथामको लागि विभिन्न उपाय मध्ये समुदायमा जन्मने […]