सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालमा नेतृत्वको लागि शनिबार भएको निर्वाचनको मतगणना जारी हुँदा समावेशी प्यानलले अग्रता हासिल गरेको छ । यद्यपी घोषित चार परिणाम मध्ये दुई साझा प्रजातान्तिक र एक समावेशीका उम्मेदवार विजयी हुँदा एक मतपत्र नभेटिदा एक पदमा भने बराबर भएको छ ।
भेरी प्राविधिक शिक्षालयको हलमा विहान १० वजेदेखि सदस्यहरुको मतगणना सुरु भएको हो । दुईबजेसम्म करिब एक हजार सातसय मत गणना भएको निर्वाचन समितिले जनाएको छ ।
सो निर्वाचनमा वस्तुगततर्फ ललितकुमार रौनियार नेतृत्वको प्रजातान्त्रिक प्यानलका सलाउद्धिन जसगढ विजयी भएका छन् । भने अर्का सदस्यको लागि चुन्ना नेतृत्वको समावेशी प्यानलका भिमलाल कँडेल र रौनियार प्यानलका बद्री श्रेष्ठको बराबर १२ मत आएको छ । खसेको एक मत अर्को बाकसमा परेको कारण उनीहरुको परिणाम टुंगो लाग्न सकेको छैन ।
एशोसियट्स तर्फ रौनियार प्यानलका संजय अग्रवाल र अव्दुल वाहिद मन्सुरी नेतृत्वको समावेशी प्यानलका दिपेन्द्र विष्ट विजयी भएका छन् ।
खुला १२ सदस्य मध्ये चुन्ना नेतृत्वको समावेशी प्यानलका ९ जना अगाडी छन् । प्रजातान्त्रिक प्यानलका ३ जना अगाडी छन् । सदस्यहरुको मतदान सम्पन्न भएपछि मात्रै उपाध्यक्ष र अध्यक्षको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
सदस्यमा चुन्ना प्यानलबाट चिरञ्जीवी वली, विजय भण्डारी, हरिलाल न्यौपाने, धर्मराज अर्याल, टंक धामी, भिमबहादुर रानाभाट, मन्दिरा पाण्डे, श्यामसुन्दर अधिकारी र जहाँगिर मुसलमान अगाडी रहेका छन् ।
यसैगरी प्रजातान्त्रिक प्यानलबाट टेकबहादुर खड्का, टंक शर्मा र विष्णु श्रेष्ठ अगाडी रहेका छन् । शनिबार सम्पन्न निर्वाचनमा तीन हजार ५० मतदाता मध्ये दुई हजार सातसय ९० मत खसेको निर्वाचन समितिले जनाएको छ ।