‘बर्तमान सरकारलाई जनताले असक्षम घोषणा गर्न मात्र बाँकी’

सदरलाइन संवाददाता १ माघ २०८०, सोमबार १८:०६
 

नेपालगञ्ज : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकार असफल भइसकेकाले नेपाली जनताले असक्षम घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल बाँकेले सोमवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘हरेक दृष्टिकोणबाट यो सरकार असफल र असक्षम प्रमाणित भइसकेको छ, कुनै पनि क्षेत्रमा सरकारले राम्रो काम गर्न सकेन ।’

महासचिव पोखरेलले एकातिर परिवर्तनको मूल्य र मान्यता आधारमा सरकार अगाडि बढ्न नसकेको अवस्था रहेको उल्लेख गर्दै अर्कोतिर सरकारकै कमजोरीका कारण अतिवादी शक्तिले टाउको उठाउने मौका पाएको बताए ।

उनले सरकारकै असक्षमताका कारण देश बैदेशिक शक्तिको चलखेल गर्ने नेपाल क्रिडास्थल बनेको आरोप लगाए । महासचिव पोखरेलले थपे, ‘भर्खरै भारतीय विदेशमन्त्री आएको बेला सरकारले एउटा परियोजनामा बजेटरी प्रणालीभन्दा बाहिर गएर २० करोडसम्म खर्च गर्न दिने भनि हस्ताक्षर गरेर आफु निरिह र असक्षम भएको प्रमाणित गरेको छ ।’


उनले गठबन्धनको संस्कृतिले देश अगाडि बढ्न नसक्ने जनाउँदै यो संस्कृतिकै कारण सबैभन्दा बढी जनादेश भएको पार्टी र दलले जनताको सेवा र देश विकास गर्न नपाउने अवस्था आउने गरेको बताए ।

एमालेलाई सत्तामा जाने कुनै हतार र लोभ नरहेको प्रष्ट पार्दै महासचिव पोखरेलले एमाले सधैं जनताको समस्या र देशको विकासका लागि चिन्तित हुने पार्टी भएको बताए ।

मध्यपहाडी राजमार्गमा आयोजना भएको संकल्प यात्रामा जनताले अभूतपूर्व रुपमा साथ र सहयोग दिएको उनले दावी गरे । नेता पोखरेलले अब छिट्टै हुलाकी राजमार्गमा पनि संकल्प यात्रा निकाल्ने तयारी भइरहेको बताए ।

नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकीकरणबारे सोधिएको जिज्ञासामा उनले एक पटक गरिएको गल्ती फेरि गर्न नहुने बताए । सो अवसरमा एमालेका पोलिटव्युरो सदस्यहरु सुजिता शाक्य र खेममान खड्का, केन्द्रीय सदस्यहरु मोहम्मद हारुन, पशुपति दयाल मिश्र, शान्ति ढकाल र सूर्य ढकाल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथमा ब्यापार एवं पर्यटन महोत्सवको तयारी

१ माघ २०८०, सोमबार १८:०६
नेपालगञ्ज : ‘प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक लघु, घरेलु, कृषि तथा प्रविधि’ सम्बन्धी प्रर्दशनी, ब्यापार एवं पर्यटन महोत्सव हुने भएको छ । घरेलु तथा साना उद्योग महासंघ बैजनाथ गाउँपालिका समिति र महिला उद्यमी समिति बैजनाथको आयोजनामा यही माघ १० गतेदेखि २१ गतेसम्म महोत्सव हुन लागेको हो । बैजनाथ गाउँपालिका […]

सम्बन्धित