बाँकेमा प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ

सदरलाइन संवाददाता २६ पुष २०८०, बिहीबार १५:२३
 

नेपालगञ्ज : बाँकेमा एक जना प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ परेका छन् ।

प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएर गएको टोलीले प्रहरी सहायक निरीक्षक भण्डारीलाई सेवाग्राहीबाट ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बुधबार उक्त रकमसहित पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।


अख्तियारका सहायक प्रबक्ता थपलियाले प्रेस विज्ञप्तीमार्फत घटनाबारे जानकारी दिएका हुन् । भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एम्बुलेन्स माग्दै प्रदेश स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र

२६ पुष २०८०, बिहीबार १५:२३
नेपालगञ्ज : एम्बुलेन्स माग्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाललाई ज्ञापन पत्र बुझाइएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्यले उक्त ज्ञापन पत्र बुझाएका हुन् । उनले नरैनापुर गाउँपालिका वडा नम्बर ५ मा स्थानीय महिलाहरु सुत्केरी हुन स्वास्थ्य संस्थामा जानुपर्दा एम्बुलेन्स समस्या भएको बताएका छन् । […]