नेपालगञ्जमा प्रादेशिक खेलकुद प्रतियोगिताको सुरुवात

१६ फाल्गुन २०७५, बिहीबार २०:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  पाँच नंम्बर प्रदेशस्तरिय खेलकुद प्रतियोगिता बिहीबारदेखि नेपालगञ्जमा शुरु भएको छ । प्रदेशस्तरीय खेलकुद प्रतियोगतालाई ५ नं. प्रदेशका कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री आराती पौडेलले निर्णायकलाई खेल सामाग्री हस्तान्त्रण गरी प्रतियोगिताको सुरुवात गरेकी हुन ।
पाँच नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्ने गरी तय भएको सो प्रतियोगिता पर्यटन, सस्कृति तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि उद्घाटन नगरी खेलको सुरुवात मात्र गरिएको हो ।
प्रतियोगितामा ५ नं. प्रदेशका १२ जिल्लाका ९ सय महिला र १ हजार ५ सय ३१ पुरुष गरी जम्मा २ हजार ४ सय ३१ खेलाडीले सहभागिता जनाएका छन् । यस प्रतियोगिताबाट आठौ राष्ट्रिय प्रतियोगिताका लागि पाँच नंम्बर प्रदेसबाट बिभिन्न ३५ खेलमा २ सय ३० महिला र २ सय ७८ जना पुरुष गरी ५ सय ८ खेलाडी छनौट गरिने छ ।
आठौं राट्रिय खेलकुद प्रतियोगितामा ५ नंबर प्रदेशबाट सहभागिता जनाउने खेलाडि छनौटको लागि प्रदेस स्तरिय खेलकुुद प्रतियोगिताको रुपमा सुरुवात गरिएको हो । बाँकेमा भारत्तोलन, कराते र महिला क्रिकेटको छनौट खेल सुरु भएको जनाईको छ ।
प्रदेश प्रतियोगिताका विभिन्न खेलहरु बाँके, बर्दिया, दाँङ, रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुमा शुरु गरिएको प्रदेश नं ५ खेलकुद परिषदका अध्यक्ष भिम ओलीले जानकारी दिए । राष्ट्रिय शोकको दिनमा आधा झुकाउदै मौन मार्चबास गरी १ मिनेट मौनधारण गरी खेल सुरुवात भएको घोषणा गरिएको थियो ।  

Next Post

‘गौरीगाउँ’लाई पर्यटनको केन्द्र बनाइँदै

१६ फाल्गुन २०७५, बिहीबार २०:४३
लमही, (दाङ्ग) : दाङकै पर्यटनको राम्रो सम्भावना बोकेको तुलसीपुर उपमहानगरपालिका–१० को गौरीगाउँ ताललाई पर्यटनको केन्द्र बनाउन थालिएको छ । एकै स्थानमा सात ताल रहे पनि प्रचारप्रसारमा ओझेलमा परेको भन्दै उक्त ताललाई पर्यटनको केन्द्र बनाउन शुरु गरिएको हो । करीब आठ बिघा क्षेत्रमा फैलिएको सो क्षेत्रलाई थप आकर्षण बनाउन पहिलो चरणमा […]