जमुनाहाबाट लागूऔषधसहित २ जना पक्राउ

सदरलाइन संवाददाता १४ माघ २०८०, आईतवार १४:४३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–१३ बस्ने २८ वर्षीय बिकल्प पुन मगर र २२ वर्षीय सुरेश नाथ योगी रहेका छन् ।


लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लिजाको नतिजाम बाँकेका ८ वटै पालिका सुधारोन्मुख

१४ माघ २०८०, आईतवार १४:४३
नेपालगञ्ज : बाँकेका ८ स्थानीय तह लिजाको नतिजामा सुधारोन्मुख छन् । पालिकाहरुले संस्थागत सुधारमा छलाङ मारेको तथ्यांकमा देखिन्छ । स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा विगत २०७६ सालदेखि २०७९ सालसम्मको नतिजालाई हेर्दा लिजाको नतिजा सुधारोन्मुख छ । गत वर्ष आफैले प्राप्त गरेको अंकमा थप सुधार गर्दै सुशासनमा थप अंक प्राप्त […]