नेपालगञ्जमा स्वास्थ्य प्रवर्धन प्राथमिकतामा

सदरलाइन संवाददाता २० माघ २०७९, शुक्रबार १४:११
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नागरिकको स्वास्थ्य प्रवर्धन सेवालाई प्राथमिकता दिएको छ ।

सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै भएकाले नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले नगरका २३ वटै वडालाई लक्षित गरेर वडा नं ४ मा पहिलो पटक एक जना ‘एमबिबिएस’ र ‘ल्याब टेक्निसियन’सहित स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिएकोे छ । केन्द्रका लागि उपमहानगरपालिकाले ऐन, नियमावली, कार्यविधि र निर्देशिका निर्माण गरिरहेको छ ।

“विशेषज्ञ सेवाका लागि नेपालगञ्जमै भेरी अस्पताल रहेकाले नागरिकको स्वास्थ्य प्रवद्र्धनात्मक सेवाका लागि स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरिएकोे छ”, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले भने, “अहिले विकराल बन्दै गएको नसर्ने रोगको अवस्थालाई मध्यनजर गरी केन्द्रबाट नगरवासीलाई स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रम तथा सेवा प्रवाह गरिनेछ ।”


सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै हुँदै गएकाले शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिकरूपमा स्वस्थ भएमात्र मानिस स्वस्थ हुने भएकाले स्वास्थ्य प्रवद्र्धनका लागि सबैले पैरवी गर्ने बेला आएको उनको भनाइ छ ।

उपमहानगरद्वारा सञ्चालित स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख डा शंकर केसी लगायतले विश्वभर नसर्ने रोगबाट ७० प्रतिशत व्यक्ति प्रभावित हुने भएकाले स्वास्थ्य सेवाअन्तर्गत उपचार र जाँचसँगै स्वास्थ्य प्रवद्र्धनात्मक काम गरिने बताए । नेपालगञ्ज उपमहानगरपालिकाले केन्द्र सञ्चालनका लागि आवश्यक नीत र कार्यविधि पास गर्नासाथ सेवा सञ्चालन हुने डा केसीले जानकारी दिए ।

यसअघि विसं २०७७ मै सङ्घीय सरकारको बजेटमा स्वास्थ्य प्रवद्र्धनात्मक सेवाका लागि स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना भए पनि बीचमा बजेट अभावमा सेवा सञ्चालन हुन सकेको थिएन । अहिले नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेकाले छिट्टै सेवा सञ्चालन हुने डा केसीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिकतामा अनिवार्य आमाको नाम राख्न कार्यान्वयनको मागगर्दै उच्च अदालतमा रिट

२० माघ २०७९, शुक्रबार १४:११
दाङ्ग :  नागरिकतामा आमाको नाम अनिवार्य राख्नु पर्ने माग गर्दै उच्च अदालत तुलसिपुरमा परमादेशको माग गर्दै रिट निबेदन परेको छ । उच्च अदालत बार एशोसिएशन तुलसिपुर बार कार्यसमिति सदस्य अधिवक्ता बिनु श्रेष्ठ र तुलसिपुर उपमानगरपालिका–६ वर्ष २६ की विमला रानीले सो माग गर्दै रिट निवेदन पेश गरेका हुन । उनीहरुले […]