एम्बुलेन्स माग्दै प्रदेश स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र

सदरलाइन संवाददाता २६ पुष २०८०, बिहीबार १५:२८
 

नेपालगञ्ज : एम्बुलेन्स माग्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाललाई ज्ञापन पत्र बुझाइएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्यले उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

उनले नरैनापुर गाउँपालिका वडा नम्बर ५ मा स्थानीय महिलाहरु सुत्केरी हुन स्वास्थ्य संस्थामा जानुपर्दा एम्बुलेन्स समस्या भएको बताएका छन् । यस्तै एम्बुलेन्स नहुँदाको समस्याले बिरामी हुने वडाबासीहरुले हैरानी खेप्नु परेको मौर्यले सुनाए ।


ज्ञापन पत्र बुझेपछि मन्त्री खनालले आफुले एम्बुलेन्स खरिदका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । सो क्रममा लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी नमुना, नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, वडा नम्बर १ का वडाअध्यक्ष ईशाक जोलाहा, वडा नम्बर ४ का वडाअध्यक्ष मनोज शर्मा, वडा नम्बर ६ का वडाअध्यक्ष प्रेमचन्द्र मौर्य लगायतको पनि उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगो ताप्दा जलेकी बर्दियाकी बृद्धाको मृत्यु

२६ पुष २०८०, बिहीबार १५:२८
नेपालगञ्ज : बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ । बर्दिया राजापुर नगरपालिका(५ झप्टीकी ७५ वर्षीया सोहनी थारूको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनको उपचारको क्रममा नेपालगन्जस्थित आरोग्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बुधबार दिउँसो करिब […]