२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

दाङको रिहारमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु



नेपालगञ्ज : दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस लमही नगरपालिकाको वडा नम्बर ९ रिहारमा आइतवार राती दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दाङ प्रहरीका अनुसार बस सवार ४७ जना यात्रु मध्ये गेरुवा गाउँपालिका–१ गेरुवाका ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार अन्य यात्रु घाइते नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी दाङले दिएको जानकारी अनुसार बसको पट्टा भाँचिएर दुर्घटना हुँदा क्याबिनमा बसेका दुई जना अगाडि हुत्तिएर च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमबार
ताजा समाचार