२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

अयोध्याको राम मन्दिरको गर्भ गृहको तस्विर सार्बजनिक, यसरी हुदैँछ प्राण प्रतिष्ठा



 

अयोध्या, :  रामललाको प्राण प्रतिष्ठा अयोध्यामा २२ जनवरीमा अर्पण गरिदैँछ ।   रामललाको गर्भ गृहको तस्विर सार्वजनिक भएको छ । जहाँ जनवरी २२ मा राम मन्दिरको गर्भगृहमा रामललाको मूर्ति स्थापना गरिने छ ।

अब रामललाको प्राण  केही दिन मात्रै बाँकी छ । यस्तो अवस्थामा २२ जनवरीमा देशभर उत्सवको माहोल छ। हरेक वर्गका मानिस खुसीले नाचिरहेका छन् । भगवान रामको नाम देशैभरि चर्चित भएको छ ।

यसैबीच भगवान श्री रामललाको गर्भको विशेष तस्विर सार्वजनिक भएको छ ।  तस्बिरमा रामललाको स्थापना हुने ठाउँमा पुजारीले पूजा गरिरहेको देख्न सकिन्छ । सो सँगै अयोध्याको राम मन्दिरको गर्भमा ५०० वर्ष पुरानो सपना साकार हुँदैछ ।

जसका लागि आज अर्थात १९ जनवरीमा अयोध्यामा औषधिवास, केस राधिवास, घृत अधिवास, धन अधिवासको आयोजना गरिनेछ। यसैगरी जनवरी २० मा चिनी अधिवास, फलफूल अधिवास र पुष्पा अधिवास आयोजना गरिने छ।

यसपछि प्राणप्रतिष्ठा कार्यक्रमको एक दिन अगाडि जनवरी २१ गते मध्याधिवर र शैयाधिवासको आयोजना गरिने भएको छ भने जनवरी २२ मा रामलल्लाको प्राणप्रतिष्ठा कार्यक्रम हुनेछ ।

प्राणप्रतिष्ठा अघिको शुभ संस्कार यसअघि गत १६ जनवरी सुरु भएको र २१ जनवरी सम्म जारी रहनेछ। यस्तो अवस्थामा भक्तजनहरु २२ जनवरीको प्रतिक्षामा छन् ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रबार
ताजा समाचार