२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एकको मृत्यु



नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २६ को अनील कुमार थारुको मृत्यु भएको हो ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ कचनापुर चोक नजिकै भे १० प ३६१७ नम्बरको मोटरसाइकल शनिवार राती रुखमा ठोकिएर दुर्घटना भई घटनास्थलमै मृत्यु भएको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुस १ गते आइतबार
ताजा समाचार