टिप्परको ठक्करबाट दाङमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता ३० मंसिर २०८०, शनिबार १३:२६
 

नेपालगञ्ज : दाङको घोराहीमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी दाङका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई शुक्रवार राती साढे १० बजे घोराही–१० झारबैरा चोकमा ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार प्यूठान झिमरुक गाउँपालिका–४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका–६ लुङका १८ बर्षीय सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।


मोटरसाइकलमा सवार दुई युवक नातामा मामा–भान्जा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने टिप्पर र रुन्टीगढी गाउँपालिका– ९ रोल्पा घर भएका २६ वर्षीय चालक इश्वर बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोलारबाट उत्पादित बिद्युत राष्ट्रिय लाइनमा जोडियो

३० मंसिर २०८०, शनिबार १३:२६
नेपालगञ्ज : बाँके जिल्लामा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको खजुरा गाउँपालिकाको घिया र रनियापुर गाउँमा निर्माण गरिएका दुई सोलार विद्युत् आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । गोल्यान समूहको लगानी रहेको प्योर इनर्जी लिमिटेड अन्तर्गत निर्माण गरिएको […]