उपचारका लागि सहयोगको अपिल

सदरलाइन संवाददाता ३१ बैशाख २०७८, शुक्रबार १२:१८
 

सुर्खेत : सुर्खेतको बराहताल गाउँपालिका ८ ग्वलेकाडा भक्तबहादुर कामीको आँखाको उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ । पुर्णबहादुर कामीका १५ वर्षीय छोरा भक्तबहादुरको यही वैशाख २३ गते आफ्नै घरमा कामगर्ने शिलसिलामा आखामा ढुङ्गाले लागेर आँखा फुटेको हुँदा उपचारमा समस्या भएको हो ।

उपचार काठमाडौ तिलगंगा आँखा अस्पतालमा गर्नुपर्ने र पैसा नभएको भन्दै छोराको उपचारको लागि पूर्णबहादुरले सहयोग मागेका हुन् ।

उनको परिवारिक आर्थिक अवस्था एकदमै नाजुक भएका कराण उपचारका लागि सबैसामु सहयोगको अपेक्षा गरेका छन् । छोराको आँखामा चोट लागेको आज ८ दिन बितिसक्दा पनि आर्थिक जुटाउन् नसक्दा उपचारको लागि काठमाडौं लग्न नसेकेको बुबा पुर्णबहादुरको भनाइ छ ।


बुबा पूर्णबहादुरका अनुसार उनको छोराको आँखाको उपचारको लागि खर्च करिब तीन लाख जति लाग्ने अनुमान गरिएको छ । बुबा पुर्णबहादुरले भने, ‘हामीसँग कत्ति पनि पैसा छैन कसरी उपचार गर्न लैजाऊँ?’ ‘देश विदेशमा रहेका सहयोगी मनहरूलाई यो सानो बाबुको स्वास्थ्य रक्षाका लागि सबैले सहयोग गर्नुहुनेछ भन्ने धेरै ठूलो आशा, अपेक्षा राखेको छु ।’

सहयोग गर्न चाहने इच्छुक व्यक्तिहरूले ९८५८०५१०८२ मा सम्पर्क गर्न पनि उनले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिममा एमालेको सरकार बन्ने

३१ बैशाख २०७८, शुक्रबार १२:१८
धनगढी : नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारको भविष्य पनि धरापमा परेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमती भएसंगै सुदूरपश्चिममा एमालेको सरकार बन्ने निश्चित भएको छ । अहिले सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । सुदूरपश्चिम प्रदेश […]