बाँकेमा राडार गनसहित ट्राफिक प्रहरी जाँच गर्दै

सदरलाइन संवाददाता २९ मंसिर २०८०, शुक्रबार १७:४५
 

नेपालगञ्ज : बाँके ट्राफिकले सावारीसाधानको गति मापनगर्ने यन्त्र (राडार गन) सहित सडकमा उत्रिएको छ ।

तिब्र गतिका कारण हुने सक्ने दुर्घटना न्युनिकरणका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज–कोहलपुर सडक खण्डमा ६० किलोमिटर गति निर्धारण गर्दै राडार गन मार्फत सवारीको जाँच सुरु गरेको छ ।

बाँके ट्राफिकले नेपालगञ्ज– कोहलपुर सडक खण्डमा रडार गन प्रयोग गरी तिव्र गतिमा कुदाइएको सवारी साधानलाई कारबाही गर्न थालेको बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपी कृष्ण सुवेदीले बताए ।


नेपालगञ्ज–कोहलपुर सडक खण्डमा तिब्र गतिका कारण गाडी दुर्घटना बढेको निश्कर्ष निकाल्दै ट्राफिक प्रहरीले रडार गन प्रयोगमा ल्याएको हो । ट्राफिक प्रमुख सुवेदीका अनुसार नेपालगञ्ज बजार र स्कुल एरियामा ४० किलोमिटर प्रति घण्टाको स्पीड लागु गर्न लागिएको छ ।

अब नेपालगञ्ज–कोहलपुर सडक खण्डमा ६० किलोमिटर भन्दा बढी स्पीड गरे १ हजार रुपैयाँ जरिवाना गरिने सुवेदीले बताए । उक्त सडक खण्डको जुनसुकै स्थानमा ट्राफिक प्रहरी राडार गनसहित तैनाथ हुने भएकाले सवारी चालकहरुलाई तोकिएको गतिमा सवारीसाधनलाई गुडाउन बाँके ट्राफिकले अनुरोध समेत गरेको छ ।

ट्राफिक छैन्, स्पीड बढी बनाउदा केही फरक पर्दैन भने पनि ट्राफिक प्रहरीले लामो दुरीबाट राडार गनले स्पीडसहित फोटो खिच्ने हुँदा सावधानी अपनाउन सम्बन्धित सबैमा अनुरोध गरिएको ट्राफिक प्रमुख सुवेदीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शीत भण्डारको १५औँ साधारण सभा सम्पन्न

२९ मंसिर २०८०, शुक्रबार १७:४५
नेपालगञ्ज : बाँके क्षेत्र नं.१ का संघीय सांसद सुर्य ढकालले भेरी शीत भण्डार (कोल्डस्टोर) सञ्चालनले किसान तथा व्यवसायीहलाई सजिलो भएको बताएका छन् । सांसद ढकालले किसानले उत्पादन गरेको बस्तुको सुरक्षा गर्ने सजिलो माध्यम शित भण्डार भएको बताएका हुन् । ढकालले शित भण्डारको स्तर उन्नत गर्दै आम किसानहरुको उत्पादनलाई थप बृद्धि […]