नेपालगञ्जमा छात्राहरुलाई साईकल सहयोग

सदरलाइन संवाददाता १९ श्रावण २०७८, मंगलवार १३:४४
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई मंगलबार साईकल हस्तान्तरण गरिएको हो ।

नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, शिक्षा महाशाखा प्रमुख गोर्खवहादुर थापा, कार्यपालिका सदस्य इन्दिरा शाही, शिक्षा विद किरण आचार्य, जिल्ला समन्वय समितिका सदस्य चेतवहादुर घर्ती लगायतले विद्यार्थीहरुलाई साईकल हस्तान्तरण गरे ।

मेयर राणाले उपमहानगरपालिकाले छात्रा विद्यालय सञ्चालन गरेको र छात्रा कलेज सञ्चालनको तयारीमा लागेको जानकारी दिए ।


कन्या विद्यालय पछिल्लो समय नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरिरहेको छ । गरिव तथा विपन्न समुदायका अधिकाँश बालिकाहरु विद्यालयमा अध्ययनरत रहेका छन ।

साईकल प्राप्त गरेपछि विद्यालय आवतजावतमा सहजता हुने अपेक्षा गरिएको उपप्रमुख थापा मगरले जानकारी दिइन् । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विपन्न छात्रहरुलाई साईकल वितरण गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि १६८ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई पनि साईकल सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरको १ नं. वडा बालविवाहमुक्त घोषणा

१९ श्रावण २०७८, मंगलवार १३:४४
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर एकलाई मंगलवार बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । बाल विवाह बिरुद्ध लामो समयदेखि बिभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको वडालाई एक कार्यक्रमकाबीच बाल विवाह मुक्त वडा घोषणा गरिएको हो । कोहलपुरका मेयर लुटबहादुर रावत, उपमेयर सञ्जु कुमारी थारुको बिशेष उपस्थितिमा वडालाई बालविवाहमुक्त […]