कोहलपुरमा भएको क्रिकेटमा सुदूरपश्चिम र गण्डकी विजयी

सदरलाइन संवाददाता २९ माघ २०८०, सोमबार १८:२४
 

नेपालगञ्ज : बाँकेको कोहलपुरमा सञ्चालन भइरहेको सुशील कोइराला मेमोरियल यु–१९ महिला क्रिकेट राष्टिय प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् ।

सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित गरेको हो । पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ५० रनले पराजित गरेको छ ।


प्हिलो खेलमा बागमतीले दिएको ९० रनको लक्ष्य सुदूरपश्चिमले १५.४ ओभरमा दुई विकेटको क्षितमा सहज रुपमै हासिल गरेर जित हात पारेको थियो । सो खेलमा सुदूरपश्चिमका लागि ४७ रन बनाउनुभएकी सावित्री धामीलाई प्लेयर अफ दि म्याच घोषित गरिएको थियो ।

अर्को खेलमा गण्डकीले दिएको एक सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १६.५ ओभरमा सबै विकेटको क्षितमा ६२ रनमा समेटिएको थियो । गण्डकी प्रदेशका लागि बलिङमा सिमाना केसी एक्लैले ६ विकेट लिएर प्लेयर अफ दि म्याच भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा मंगलवार सार्वजनिक बिदा

२९ माघ २०८०, सोमबार १८:२४
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाले मंगलवार जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिएको छ । तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि सुरु गरेको जनयुद्धको स्मरण गर्दै खजुराले मंगलवार सार्वजनिक बिदा दिएको हो । स्वास्थ्य सेवाबाहेक गाउँपालिका, वडा कार्यालय, सरकारी संघ संस्था र विद्यालयहरु बन्द हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर […]

सम्बन्धित