नेपालगन्ज : बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्य को मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।


राप्ती नदीको मदुवा घाटमा बन्दै गरेको पुल नजिक नदीमा पौडी खेल्नेक्रममा सोमवारदेखि बेपत्ता भएका वैश्यको आज बिहान शब फेला परेको उपरीक्षक रविन्द्र खनाल बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको टोलीले खोजीका क्रममा आज शब फेला पारेको हो । शव परीक्षणको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।