दार्चुलामा जलेको अवस्थामा महिलाको शव फेला

सदरलाइन संवाददाता २५ जेष्ठ २०७९, बुधबार १५:११
 

दार्चुला : दार्चुलामा जलेको अवस्थामा महिलाको शव फेला परेको छ । शैल्यशिखर नगरपालिका– १ बारिलकी ४५ वर्षीया अनिभा खडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घर नजिकैको खरको लुटो (कुन्यू) मा जलेको अवस्थामा ती महिलाको शव भेटिएको बताइएको छ । घटनामा संग्लन रहेको आंशकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको छ । दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिइएको दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए। घटनाको अनुसन्धानका लागि दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्ट नेतृत्वको टोली घटनास्थल प्रस्थान गरेको छ ।


ती एकल महिलाका श्रीमानको ७ वर्ष पहिले मृत्यु भएको शैल्यशिखरको वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धारिलो हतियार प्रहारबाट सल्यानमा एक घाइते

२५ जेष्ठ २०७९, बुधबार १५:११
सल्यान : सल्यानमा एक समूह युवकमाथि धारिलो हतियार प्रहार गरी फरार भएको छ । जिल्लाको शारदा नगरपालिका–२ खलंगास्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेका शारदा नगरपालिका–२ जोगीदेउखोलाका १८ वर्षीय ओपेन्द्र केसीमाथि एक समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको हो । धारिलो हतियार प्रहार गर्ने सल्यान शारदा नगरपालिका–२ का १९ वर्षीय रूपेश […]