सदरलाइनडटकम
१३ बैशाख, नेपालगन्ज : अनिवार्य अवकास पाउन दश महिना रहेका नेपालगन्ज कारागारका जेलर श्याम लामिछानेलाई काज सरुवा गरिएको छ ।
उनलाई सल्यान थारमारे इलाका प्रशासन कार्यालयमा सरुवा गरिएको पत्र गृह मन्त्रालयले पठाएको छ ।
लामो समयदेखि नेपालगन्ज कारागारमा रही निमित्त जेलरकाे रुपमा गर्दै आएका जेलर लामिछानेलाई अकस्मात सरुवा गरिनुका पछाडी ठुलो सेटिङ्ग’ रहेको पाईएको छ ।
जेल प्रशासन स्रोतका अनुसार, नेपालगन्ज कारागार र अन्यत्र कारागारमा रहेका केही कैदी र थुनुवाहरु मिलेर ठुलै पहुंच प्रयोग गरी जेलर लामिछानेलाई सरुवा गरिएको छ ।
‘नत्र दश महिना काममा बाँकी रहेका जेलरलाई यसरी सरुवा गरिन्थ्यो ।’ स्रोतले भन्यो,‘कारागारलाई आफु अनुकुल बनाउका लागि कैदीहरुले केन्द्रीय कारागार बिभागलाई नै प्रयोग गरे । यसमा ठुलै षडयन्त्र भएको पाइएको छ ।’