महिला शाखाकी प्रमुख नै घरेलु हिंसामा

सदरलाइन संवाददाता २७ मंसिर २०८०, बुधबार १३:४९
 

नेपालगञ्ज : दैलेखमा महिला अधिकारका लागि पैरवी गर्ने व्यक्ति नै घरेलु हिंसामा परेको खुलासा भएको छ । भैरवी गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मलाकुमारी आचार्य आफैँ घरेलु हिंसामा परेको खुलेको हो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा नायब सुब्बाका रूपमा कार्यरत श्रीमान् नवराज शर्मा रिजालविरुद्ध निर्मलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ठाडो निवेदन दर्ता गरेसँगै घटना बाहिरिएको हो ।


आफन्तको घरमा बसेका बेला शनिबार बिहान त्यहीँ पुगेर श्रीमानले निर्मलामाथि कुटपिट गरेपछि घटना बाहिरिएको छ ।

कुटपिटबाट घाइते निर्मलाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा रिक्साको रुट तथा दररेट निर्धारण

२७ मंसिर २०८०, बुधबार १३:४९
राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाले अटो र ईलेक्ट्रीक रिक्साका लागि रुट तथा दररेट निर्धारण गरेको छ । गाउँपालिकाले लामो प्रयासपछि रुट तथा दररेट निर्धारण गरेसँगै अब अटो र ईलेक्ट्रीक रिक्सा कानुनको परिधीभित्र बाँधिएका छन् । गाउँपालिकाले पक्की सडकका लागि पहिलो १ किलोमिटर दुरी बराबरको भाडा २० रुपैयाँ र ग्राभेल तथा […]