बाँकेमा एकै दिन तीन जनाको मृत्यु

सदरलाइन संवाददाता २५ कार्तिक २०७७, मंगलवार ०८:४९
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा एकै दिन ३ जनाको मृत्यु भएको छ । बर्दियाका दुई र दाङका एक पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठाकुरद्वारा नगरपालिका वडा नम्बर २ का २९ वर्षीय पुरुषको सोमवार दिउँसो पौने २ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बर्दियाको बाँसगढी नगरपालिका ८ का ३५ वर्षीय पुरुषको वेष्टर्न अस्पताल नेपालगञ्जमा राति सवा ८ बजे मृत्यु भएको छ । खुट्टाको जोर्नी खुस्केकोले वेष्टर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ६४ वर्षीय पुरुषको भेरी अस्पतालमा राति ९ बजे मृत्यु भएको छ । उनी सोमवार बेलुकी अस्पताल भर्ना भएका थिए ।

योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३२ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।

Next Post

बाँकेमा मंगलवार ३७ जना कोरोनामुक्त

२५ कार्तिक २०७७, मंगलवार ०८:४९
नेपालगञ्ज : बाँकेमा मंगलवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २३ पुरुष र १४ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय २९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]

सम्बन्धित