पाण्डे र भुषाल पनि ६ महिनाका लागि निलम्बित

सदरलाइन संवाददाता १९ चैत्र २०७७, बिहीबार १६:३५
 

काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई निलम्बन गरेको छन् ।

पाण्डे र भुषालले बुझाएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले उनीहरुलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका हुन् ।


यसअघि अध्यक्ष ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बित गरेका थिए ।

अहिलेकै गतिविधि जारी रहे थप कडा कारवाही हुन सक्ने अध्यक्ष ओलीले निलम्बन पत्रमा उल्लेख गरेका छन् । उनले सच्चिनका लागि यो अन्तिम मौका भएको पनि ओलीले पत्रमा उल्लेख गरेका छन् ।

Next Post

वायु प्रदूषणको दीर्घकालीन उपाय खोज्न आग्रह

१९ चैत्र २०७७, बिहीबार १६:३५
काठमाण्डौ : राष्ट्रिय मानवअधिकार आयोगले वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न तत्कालीन तथा दीर्घकालीन उपायहरूको अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ जोखिम न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न […]