अन्य पार्टीबाट मुलुकमा विकास र समृद्धी सम्भव छैन : एमाले अध्यक्ष ओली

सदरलाइन संवाददाता १६ मंसिर २०८०, शनिबार १८:२७
 

अछाम :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी बाहेक अन्य पार्टीबाट मुलुकमा विकास र समृद्धी सम्भव नभएको बताएका छन् ।

मध्य पहाडी लोकमार्ग पदयात्राको क्रममा अछाम सदरमुकाम मंगलसेनमा आयोजित जनसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अन्य पार्टीले वितण्डा मात्रै मच्चाएको तर, विकास नगरेको बताएका हुन् । ‘अब देख्नु भएन सबै पार्टीको हबिगत’ ओलीले भने, ‘वितण्डा मच्चाउन सजिलो होला विकास गर्न गाह्रो छ ।’

एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । ‘ढिलोमा ०८४ को निर्वाचमा एमाले एक्लैले बहुमत नल्याए देश बरबाद हुन्छ । एमालेको बहुमत ल्याउने गरी लाग्नुहोस्’ ओलीले भने, ‘नेकपा एमाले बाहेक अरू कसैले देशको विकास गर्न सक्दैन ।’

पहिले १ वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइरहेको भन्दै ओलीले आफ्नो कार्यकालमा दैनिक ६ किलोमिटर सडक कालोपत्रे भएको दाबी गरे ।


‘हरेक तहमा ५१ प्रतिशत भन्दा बढी एमालेको एक्लै हुनुपर्छ एमालेले बहुमत ल्यायो भने राष्ट्रियता जोगिन्छ’ ओलीले भने, ‘विकास ठप्प भएको छ । नेकपा एमालेले जुन विकास सुरु गरेको थियो आज समाप्त भएको छ ।’

पछिल्लो समय देशमा अराजकता मच्चिरहेको उनले बताए बताए । नभएको राजतन्त्रको नाममा त्यस्ता तत्त्वहरू पनि टाउको उठाउन खोजेको ओलीको आरोप थियो । अछाममा उभिएर ओलीले सुदूरपश्चिम प्रदेशको महत्त्व निकै ठुलो भएको बताएका थिए । पहिलो सहिद बाकाबिर , किसान आन्दोलनमा रहेर सहिद भएका भीमदत्त पन्त लगायत थुप्रैको प्रसंशा गरेका थिए ।

ओलीले मध्य पहाडी लोकमार्ग पदयात्रा विकास र समृद्धिको लागी प्रारम्भ गरिएको बताए । आफ्नो पालामा चुच्चे नक्सा जारी गरेका भन्दै ओलीले अहिलेको सरकारले कुरा गर्न पनि नसकेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जब एमाले सरकारबाट हट्छ, तब हत्या हिंसाको शृङ्खला सुरु हुन्छ : केपी ओली

१६ मंसिर २०८०, शनिबार १८:२७
अछाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने नाममा मानिस मार्ने घिन लाग्दो संस्कृति विकास भएको बताएका छन् । समृद्धिको लागि संकल्प यात्रामा निस्किका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले आइतबार अछामको विनायकमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । उनले चुनाव जित्नको लागि मानिस […]