लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउन चारदलबीच ५ बुँदे सहमति

सदरलाइन संवाददाता २२ चैत्र २०८०, बिहीबार १५:३२
 

दाङ्ग : लुम्बिनी प्रदेशमा चार दलबीच माओवादीको नेतृत्वमा सरकार गठन गर्ने पाँचबुँदे सहमति भएको छ ।

सत्ता गठबन्धनका नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदले मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई समर्थन गर्ने सहमति गरेका हुन् ।

सबै दलको अपनत्व हुने गरी प्रदेश सरकारबाट गरिने सबै राजनीतिक नियुक्तहरू गर्ने पनि सहमतिमा उल्लेख छ ।


सत्ता गठबन्धनका दलहरूले समर्थन गरे पनि मुख्यमन्त्री दाबीका लागि महरालाई बहुमत पुगेको छैन । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेश सांसदको समर्थन चाहिन्छ ।

सत्ता गठबन्धनसँग एमाले (२९), माओवादी (सभामुख बाहेक ८), जसपा (३), एकीकृत समाजवादी (१) र स्वतन्त्र सांसद खड्ग बस्नेत गर्दा ४२ मात्र हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरी प्रमुखको धम्किपूर्ण व्यवहारप्रति बाँकेका पत्रकारको ध्यानाकर्षण

२२ चैत्र २०८०, बिहीबार १५:३२
नेपालगञ्ज : नेपालगञ्जबाट प्रकाशित हुने सदभाव दैनिक एवं सेतोखरी डटकम प्रकाशक सम्पादक तथा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष समेत रहेका दामोदर भण्डारीलाई बाँके प्रहरी प्रमुख एस्पी सुभाषचन्द्र बोहोराले आफु बिरुद्ध समचार नलेख्ने दिएको धम्कीपूर्ण दवावका बिषयमा बिहीवार नेपालगञ्जमा पत्रकार सम्बद् संगठनहरुले गम्भीर ध्यानावर्षण भएको जनाएका छन । जिल्ला प्रहरी […]

सम्बन्धित