सदरलाइनडटकम,
काठमाण्डौ : आईसीसी विश्वकप लिग २ छनोटअन्तर्गत नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो ।
१ सय ९० रन बनाउने क्रममा बिनोद भण्डारीले ५९ तथा आजै डेब्यु गरेका कुशल मल्लले ५० रनको अर्धशतकीय योगदान गरेका थिए । बलिङतर्फ अमेरिकाका स्टेभेन्सनले तीन तथा नेत्रवल्कर र थेरोनले समान दुई दुई विकेट लिए । जवाफमा एक सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४. १ ओभरमा १ सय ५५ रनमा अल आउट भयो ।
१ सय ५५ रन बनाउने क्रममा अमेरिकाका आईजी हल्याण्डले सर्वाधिक ७५ रन बनाए भने स्ट्भेन्सनले १९ रन बनाए । बलिङतर्फ करण केसीले सर्वा्धिक चार, सुशन भारीले तीन, सन्दीप लामिछानेले दुई तथा कुशल मल्लले एक विकेट लिए । चार विकेट लिने करण केसी म्यान अफ द म्याच घोषित भए ।
Next Post
चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु
२५ माघ २०७६, शनिबार १७:४१
सम्बन्धित
-
२९ माघ २०८०, सोमबार १४:०१
बाँकेका किसान च्याउखेती तर्फ आकर्षित
-
८ बैशाख २०७५, शनिबार १६:५९
वडा सदस्य खाँ को स्मृतीमा श्रद्धाञ्जली सभा
-
४ मंसिर २०७८, शनिबार १४:१८
बाँकेमा शनिवार ४ संक्रमित थपिए, १० डिस्चार्ज
-
१० माघ २०८०, बुधबार १३:२३
ढाका म्याराथनमा पदक जित्नेलाई प्रोत्साहन गरिने
-
१४ चैत्र २०७८, सोमबार १४:१८
कैलालीमा ११ वर्षीया बालिका बलात्कृत
-
२७ जेष्ठ २०७४, शनिबार १९:४८
नेपाली काङ्ग्रेस बाँकेमा ब्यापक असन्तुष्टी चुनावको संघारमा धमाधम पार्टी छोड्दै नेताहरु