बर्दियामा बालविवाह न्युनिकरणका लागि विद्यालयले नेतृत्व लिदै

सदरलाइन संवाददाता २४ जेष्ठ २०८०, बुधबार १९:१३
 

बर्दिया :  बर्दियामा बालविवाह न्युनिकरणका लागि विद्यालयले नेतृत्व लिने भएका छन । सामाजिक कुरितीको रुपमा समाजमा जरो गाडेको बालविवाहलाई निरुत्साहित गर्न र यसका बिरुद्ध जागरण फैलाउने प्रणका साथ नेतृत्व लिन विद्यालयहरु अगाडि सरेका हुन ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह (बि–ग्रुप) द्वारा बारर्दिया, मधुवन ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउपालिकामा बालबिबाह न्युनिकरण परियोजना संचालन गरिएको छ ।

परियोजना संचालित भएको मधुवन नगरपालिका भित्रका विद्यालयका सरोकारवाला पक्षसंग विद्यालय स्तरमा बालविवाह रोकथामका लागि गरिएको अन्तरकृयाका सहभागिहरु बालविवाह न्यूनिकरणको नेतृत्व विद्यालयले लिनुपर्नेमा जोड दिएका हुन ।

मधुवन नगरपालिका शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनालले मधुवन नगरपालिकामा विद्यालयमा आचारसंहिता र बाल संरक्षण नीति निर्माण आचारसंहता र बाल संरक्षण नीतिको बारेमा अधिकांश शिक्षकहरुलाई शिक्षक तथा विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी बिचको छलफल यसको प्रभावकारी रुपमा कार्यान्वयन भएको भए नभएको विद्यालयमा बालबालिकाहरुको समस्या सुन्नका लागि फोकल शिक्षकको व्यवस्था गर्ने, विद्यालयमा गुनासो सुनुवाई समिति गठन भई क्रियाशिल गुनासो तथा घटनाको रिपोर्टीङ्ग र ब्यवस्थापन गर्न आवश्यक रहेको औल्याए ।

उनले विद्यालयको कक्षाकोठामा सकारात्मक र विभेद रहित सिकाईको वातावरण सृजना गर्दै विद्यालयमा बाल क्लबले सक्रिय रुपमा क्रियाशिल गराउदै बार्षिक कार्ययोजना निर्माण गरि नियमित बैठक बस्ने, बाल अधिकार बालसंरक्षणका मुद्धामा छलफल गर्ने र पैरवी अभियानका क्रियाकलापहरु संचालन गर्ने बारेमा विद्यालयको सरोकारवाला पक्षको स्पस्टता बुझाइका विषयमा, विद्यालयमा किशोरीहरु महिनावारी स्वच्छता सम्बन्धी परामर्श सेवाले अन्तरकृया छलफलमा भाग लिने अभ्यासहरु छन छैन महिनावारीको बेला आराम गर्ने कोठा तथा स्यानीटरी प्याड उपलब्ध छ कि छैन जस्ता कुरा पनि समेटिन आवश्यक रहेको बताए ।


कार्यक्रममा भृकुटी माविका प्रअ श्रीराम पौडेल, शिव दुर्गा माविका प्रअ हरि बस्नेत, शुक्र माविका प्रअ एलिजा जिसी, शिक्षक प्रभुराम चौधरीले विद्यालय घरपछिको दोश्रो पाठशालाको रुपमा विद्यालय भएकाले विद्यालयमा बालबालिकाको शैक्षिक सुधार गर्न बालमैत्री तथा लैगिक मैत्री बातावरण दिनुपर्ने र विद्यालय प्रतिको जवाफदेहिता तथा जिम्मेवारी बोध विद्यार्थी तथा विद्यालयका शिक्षक कर्मचारिहरुमा गराउनु पर्ने र यसको नेतृत्व विद्यालयस्तरबाट गर्नुपर्ने र विवहाको जोखिम कम गर्न पालिकाले बालविवहा न्युनिकरणका लागि निर्माण गरेको रणनैतिक योजनालाइ कार्यान्वयनमा ल्याउदै बालविवाह न्यनिकरण हुने कुरामा जोड थियो ।

कार्यक्रममा परियोजना विद्यालयका प्रअ, शिक्षा युवा खेलकुद शाखा प्रमुख एवम कर्मचारी गरि करिब १५ जनाको सहभागीता रहेको र कार्यक्रम संचालन परियोजनाकी फिल्ड सुपरभाईजर गंगा गुरुङ्गले गरेकी थिईन ।

सन २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने विषयलाई प्राथमिकताका साथ बर्दियाका विभिन्न गतिविधि सञ्चालन गर्दै आईएको छ । विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार भएपनि मानव अधिकारको दृष्टिकोणवाट आफूले रोजेको व्यक्तिसंग विवाह गर्न पाउने भएपनि नेपालको मूलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० बर्ष तोकिएको छ ।

नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको बिषयकोरुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेकोछ । बाल विवाह उच्च रहेका मुलुकहरु मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ । दक्षिण एशियामा नेपाल बंगलादेश र भारत पछि तेश्रो स्थानमा पर्दछ । बालकको तुलनामा संख्यात्मक रुपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको अध्ययनवाट देखिएको छ । यसो हुनुमा महिलाभन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरु प्रमुख रुपमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्ल परियोजना मार्फत बर्दियाका एकसय २० युवा महिला स्वरोजगार भए

२४ जेष्ठ २०८०, बुधबार १९:१३
बर्दिया :  बर्दिया गुलरिया र ठाकुबाबा नगरपालिका १ सय २० युवा महिलालाई स्वरोजगार बनाईएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत बर्दियाको गुलरिया र ठाकुरबाबाका युवा महिलाका लागि ३९० घण्टाको जीवन सीप विकास तालिम सञ्चालन गरि स्वरोजगार बनाईएको हो । प्लान इन्टरनेशनल नेपालका […]