नैतिवान नागरिक हुन सके सम्पन्नताको खोजीमा भौंतारिनु पर्दैनः शाही

१ फाल्गुन २०७४, मंगलवार १७:११
 

सदरलाइनडटकम

१ फागुन, सुर्खेत । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ६ संसदिय दलका नेता महेन्द्रबहादुर शाहीले पार्टी ब्यक्तिका मिडिया हाउसहरु सञ्चालित भएकाले उनिहरुको हितमा मात्रै काम गरीरहेको आरोप लगाएका छन् ।

निष्पक्ष हुन नसके मिडियाले सही सूचना सम्प्रेषण गर्न नसक्ने भन्दै निष्पक्षतालाई सिरोधार्य गर्न सुझाएकाछन् । त्रिरत्ना मिडिया प्रा.लि. को प्रदेश कार्यालयको शुभारम्भ गर्दै प्रदेश सभा सदस्य तथा पूर्ब उर्जामन्त्री समेत रहेका शाहीले सभ्य समाज बिना समृद्ध मूलुक निर्माण हुन नसक्ने दाबी गर्दै सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने सामाग्रीहरु प्रकाशन र प्रशारण गर्न आग्रह गरे ।


समृद्धिको अभियान मिडियाले सञ्चालन गर्नु पर्ने भन्दै ६ नम्बर प्रदेशका भावी मुख्यमन्त्री शाहीले अरुको काममा रजाई गर्ने दाउ कुर्नु भन्दा इमान्दार भई आ-आफ्नो काममा ब्यस्त भए सबैको भलो हुनेमा जोड दिए । हामी अरुका कुरा काट्न ब्यस्त हुन्छौं, शाहीले भन्नुभयो नैतिवान नागरीक हुन सके सम्पन्नताको खोजीमा भौंतारीनु पर्दैन ।

सञ्चारको विकास बिना समृद्धिको सपना साकार नहुनेमा जोड दिदै कार्यक्रमका प्रमूख अतिथि समेत रहेको शाहीले निष्पक्षता आजको आबस्यकता भएको औंल्याए ।

मिडिया प्रा. लि. का संरक्षक जीवनकुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको शुभारम्भ कार्यक्रममा प्रा. लि. का अध्यक्ष अशोककुमार सिंहले पत्रकारीता क्षेत्रको अनुभवलाई आत्मसाथ गर्दै सञ्चारका बिभिन्न क्षेत्रमा क्रियाशील भएर काम गर्ने योजना सार्बजनिक गरे ।

द त्रिरत्न अनलाइन पत्रिकाका प्रधान सम्पादक प्रवाशकुमार शाक्यले स्वागत गरेकाे कार्यक्रमको संचालन अनलाइनका सम्पादक कृष्णराज धमालाले गरेका थिए ।

Next Post

०२ फाल्गुण २०७४ बुधवारको राशिफल

१ फाल्गुन २०७४, मंगलवार १७:११
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ अतःप्रेममा सफलता प्राप्तिको योग छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) टाढिएका मित्रसँग नजिकिने समय छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । मिथुन (का, कि, कु, घ, […]