२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद



नेपालगञ्ज : बाँके प्रहरीले एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ स्थित कन्या राजा सामुदायिक वन उपभोक्ता समूहको जङ्गलबाट सोमबार साँझ एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

वनका चौकीदार माघु थारुले जङ्गलमा बन्दुक रहेको सूचना इलाका प्रहरी कार्यालय बैजापुरलाई जानकारी गराएका हुन् । यस्तै, प्रहरीले बन्दुक बरामद गरी थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर १९ गते मंगलबार
ताजा समाचार