२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

एक लाख बढीको अवैध सामान बरामद



नेपालगञ्ज : बाँकेमा १ लाख बढीको भन्सार छलिको सामान प्रहरीले बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० वन कार्यालय नजिक बाट भारतबाट अवैध रुपमा भन्सार छली ल्याईएको बेवारिसे अवस्था राखिएको सामान प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार, पर्दा १६० पिस, टेबुल कबर ४० पिस सिरानीको खोल १९ पिस गरी जम्मा २१९ पिस, चिनी २५० किलो र दुध मलाई चामल १० बोरा १ लाख २५ हजार मूल्य बराबरको सामान बरामद गरिएको हो ।

बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर १९ गते मंगलबार
ताजा समाचार