Sadarline
२०८३ असोज २९ , बिहीबार

महिला शाखाकी प्रमुख नै घरेलु हिंसामा



नेपालगञ्ज : दैलेखमा महिला अधिकारका लागि पैरवी गर्ने व्यक्ति नै घरेलु हिंसामा परेको खुलासा भएको छ । भैरवी गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मलाकुमारी आचार्य आफैँ घरेलु हिंसामा परेको खुलेको हो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा नायब सुब्बाका रूपमा कार्यरत श्रीमान् नवराज शर्मा रिजालविरुद्ध निर्मलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ठाडो निवेदन दर्ता गरेसँगै घटना बाहिरिएको हो ।

आफन्तको घरमा बसेका बेला शनिबार बिहान त्यहीँ पुगेर श्रीमानले निर्मलामाथि कुटपिट गरेपछि घटना बाहिरिएको छ ।

कुटपिटबाट घाइते निर्मलाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर २७ गते बुधबार
ताजा समाचार