२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

लागुऔषधसहित बाँकेमा दुईजना पक्राउ



नेपालगञ्ज : बाँके प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । भे ११ प २७७७ नम्बरको मोटरसाइकलमा रहेका नरैनापुर गाउँपालिका वडा नं. ३ का सैवाज खान र हबिब खानलाई प्रहरीले राप्तीसोनारी गाउँपालिका वडा नं. ६ बाट साढे आठ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले शंका लागेर जाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेको जनाएको छ । खानद्वय कारोबारी रहेको प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २०८० कात्तिक १५ गते बुधबार
ताजा समाचार